
समाचार कुञ्ज
साउन, २९
घिरिङ -४ फुलामा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र फुलाका स्वास्थ्यकर्मीहरू निरन्तर रूपमा टोलटोलमा पुगेर नागरिको स्वास्थ्य परिक्षण गरिरहेका छन् । वर्षायमको बेलामा पनि गाउँ गाउँमा पुगेर नागरिको स्वास्थ्य परिक्षण गर्दा नागरिकहरू हर्षित भएका छन् । विशेषगरि सुगर, प्रसेर वृद्वआमा बुबालाई प्ररामर्श सल्लाह सुझाव दिने गरेको आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख प्रविन श्रेष्ठ जानकारी दिए ।
उनका अनुरसा अहिलेसम्म करूवाटार,उम्से,गलकोट, सिफुलुङ् गरि चार वटा टोलमा पुग्दा सबैजनाले बेला बेलामा यसरी आउदा स्थानीय सरकार आएको महशुस भएको बताएका छन् ।
जेष्ठ नागरिकलाई घरदेलौ र पायक पर्ने स्थानमा सेवा दिने पूर्व प्रतिवद्धता अनुसार ‘जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालन गरिएकोमा घिरिङ -४ का वडा अध्यक्ष भिम बहादुर कुमालले स्वास्थ्यकर्मीलाई राम्रो काम गरेकोमा धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस