
समाचार कुञ्ज साउन , ३० समर रानाभाट
नवलपुरको बौदिकाली गाउँपालिका वडा वडा नं २ स्थित कृष्ण गण्डकी बचत तथा ऋण सहकारी कार्यालय परिसरमा एक दिने नि:शुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ ।
कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्था लि र होराजन डेन्टल क्लिनिक प्रा.लि रामपुर पाल्पाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष उज्ज्वल ओझाको अध्यक्षतामा भएको कार्यक्रम बौदिकाली गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी केसी सारुको प्रमुख अतिथि रहनु भएको थियो । दन्त शिविर कार्यक्रममा उपाध्यक्ष सारूले शिविरको आयोजनाले नागरिकलाई निक्कै सहज बनाएको बताईन । उनले यस्ता सामाजिक काममा यस संस्था निरन्तर सक्रिय भएको समेत उनले बताईन ।
कार्यक्रममा बौदिकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेत , वडा नं २ का अध्यक्ष श्याम सुन्दर , वौदिकाली स्वास्थ्य शाखा प्रमुख मेघ बहादुर ठाडा मगर लगायको उपस्थिति रहेको थियो ।
शिविरमा दुई सय ५३ जनाले दन्तरोगीहरूकन्ह दातँ परिक्षण गरिएको थियो भने महिला एक सय ५२ जना र पुरूष एक सय १ जना रहेका थिए । जसमा ६४ जनाको दातँ उखेलिएको थियो भने ९ जनाको पुरै दातँ नि शुल्क दातँ राख्ने सिफारिस गरिएको संस्थाका अध्यक्ष ओझाले बताए ।
कार्यक्रम संचालन र व्यवस्थापनको लागी सहयोग गर्ने संस्थाका कर्मचारी, सल्लाहकार,संचालक समिति, सबै उप समिती, स्थानिय र विशेष व्यवस्थापीय भुमिका निर्वाह गर्ने सदस्य तथा सामाजिक सेवा कोषका ऋषिराम पौडेल, हरि सारु मगर, र होराइजन डेण्टल क्लिनिक प्रति संस्थाले धन्यवाद ज्ञापन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस