आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कावासोतीमा ओठ–तालु फाटेका तथा आगलागी पीडितका लागि निशुल्क शल्यक्रिया शिविर हुँदै


  • समाचार कुञ्ज
  • २०८२ भाद्र ९, सोमबार मा प्रकाशित ६ महिना अघि
  • ५ पाठक संख्या
  • कावासोती । नवलपुरको कावासोतीमा ओठ–तालु फाटेका, आगलागीका कारण शरीरको एक भागसँग अर्को भाग जोडिएर कुँजो भएकाहरु र हात–खुट्टामा औंला बढी जोडिएका बिरामीका लागि निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ ।

    यस्तै खालका स्वास्थ्य समस्याबाट पीडितलाई उपचार दिने उद्देश्यले यही भदौ २३ गते बिरामी छनोट शिविर सञ्चालन हुने छ । शिविरको आयोजना काठमाडौँस्थित किर्तिपुर अस्पताल, फेक्ट नेपाल र रिसर्ज इन्टरनेशनल संस्थाले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रम डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा हुने जनाइएको छ ।

    शिविरमा सहभागि हुने बिरामीले पूर्ण रूपमा निशुल्क शल्यक्रिया सेवा पाउनेछन् । आयोजकले स्थानीयलाई शिविरमा उपस्थित भएर स्वास्थ्य लाभ लिन आह्वान गर्दै थप जानकारी तथा सोधपुछका लागि सम्पर्क नम्बर ९८५५०६८१४४, ९८५५०५९६०६ र ९८४५३३२०४० उपलब्ध गराएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट