आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

 घिरिङमा कार्तिक २८ गते देखि राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुने 


  • समाचार कुञ्ज
  • २०८२ कार्तिक २२, शनिबार मा प्रकाशित ३ महिना अघि
  • ६ पाठक संख्या
  • कार्तिक ,२२ समर रानाभाट 

    तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाले कार्तिक २८ गते देखि राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले पालिका स्तरीय ७ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्तिक  २८ देखि ३० गते सम्म आयोजना गर्ने निर्णय गरेको हो । घिरिङ गाउँपालिका परिसर र महेन्द्रज्योती माध्यमिक विद्यालयको  प्राङण घिरिङ ४  गडैलिटारको खेल मैदानमा  हुने भएको छ । पालिका भित्रका माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले यही  कार्तिक २८ र ३० गते गरि ३ दिनसम्म रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुनेभएको छ ।व्यवस्थापन समितिका अनुसार ७   सामुदायिक  विद्यालय प्रतियोगिता सहभागी हुनेछन् । प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स तर्फ हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटफुट, ४ गुणन ४०० रिले , रनिङ  १०० मिटर,  २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर,३०००मिटर,र दौड क ४x१०० मिटर रिले दौड ,ख ४x१०० मिटर रिले दौड, ग ४x१०० मिटर रिले दौड , ४x१०० मिटर रिले दौड ,प्रतियोगिता हुने भएको छ । त्यसगैरी क ४x४०० मिटर रिले दौड ख ,४x४०० मिटर रिले दौड ग, ४x४००मिटर रिले दौड ,घ ४x४०० मिटर रिले दौड प्रतियोगिता हुने भएको  घिरिङ गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुवेदिले  हस्ताक्षर गरेको सुचनामा बताएको छ । 

    विद्यालयबाट प्रतिष्पर्धा हुने प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ,द्वितिय हुने विद्यालयले  नगद २० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने  तृतीय हुने विद्यालयले नगद १० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट