
समाचार कुञ्ज मंसिर १३ ,समर रानाभाट
घिरिङ गाउँपालिकाको आयोजनामा र बहिनी एजुकेयर फाउन्डेसनको प्राविधिक सहयोगमा नि: शुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । मंसिर २० गते शनिवारका दिन घिरिङ -४ महेन्द्र ज्योति माध्यमिक विद्यालय गड्यौलिटारको प्राङगढ्मा शिविर संचालन हुने घिरिङ स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी लिए । शिविर बिहान १० बजे देखि दिउंसो ४ बजे सम्म संचालन हुने छ ।
शिविरबाट उपलब्ध सेवाहरू , सामान्य उपाचार सेवा, स्ती तथा प्रसुति रोग विशेषज्ञ सेवा, छाला तथा योन रोग विशेषज्ञ सेवा ,दन्त रोग सम्बन्धी सेवा,बाल रोग विशेषज्ञ सेवा,नि :शुल्क आैषधी वितरण सेवा लगायता सेवाहरू नि ः शुल्क रूपमा उपलब्ध हुने जनाएको छ । स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभावकारि हुने छ ।

प्रतिक्रिया दिनुहोस