
समाचार कुञ्ज मंसिर २० गते
घिरिङ गाउँपालिकाको आयोजनामा अन्तराष्ट्रिय स्वयसेवक दिवस तथा २२ औ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । घिरिङ गाउँपालिकाका उपाध्यक्ष राधा देवि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाको प्रमुख अतिथि रहनु भएको थियो ।कार्यक्रममा घिरिङ गाउँपालिका ३ का वडा अध्यक्ष तहलसिङ थापा,वडा न.४ का वडा अध्यक्ष भिम बहादुर कुमाल,वडा न.५ का वडा अध्यक्ष बिष्णु वीर
आले,कार्यपालिका सदस्यहरु पार्बती बि.क.,इश्वोरी श्रेष्ठ र टोप बहादुर रामदाम तथा स्वास्थ्य संस्थाका प्रमुखहरु र महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका हरुको उपस्थिति रहेको थियो। 
हाजिरी जवाफ प्रतियोगितामा वडा न.२ का महिला स्वयम् सेविका समुह प्रथम स्थान सहित नगद रू १० हजार प्रमाणपत्र प्राप्त गरेका छन् भने वडा न.३का महिला स्वयम् सेविका समुह दितिय स्थान सहित नगद रू ७ हजार प्रमाणपत्र प्राप्त गरेका
छन् भने वडा न.५ का महिला स्वयम सेविका समुह तृतीय स्थान सहित नगद रू ५ हजार प्रमाणपत्र वडा न.१ र ४ का महिला स्वायम समुहले सान्त्वना नगद ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन,। 
कार्यक्रममा घिरिङ गाउँपालिका ३ मा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका लक्ष्मी थापालाई उमेर हदको सम्मानजनक बिदाइ गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमा स्वागत मन्तव्य जन स्वास्थ्य अधिकृत सुविन श्रेष्ठ गरेका थिए भने स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस