आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

स्वास्थ्य तथा पोषण सामग्री वितरण कार्यक्रम सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ पौष १४, सोमबार मा प्रकाशित २ महिना अघि
  • १५ पाठक संख्या
  • भिमाद । भिमाद नगरपालिका–५ स्थित ऋषिन्पाटनमा सुत्केरी महिला भेटघाट तथा स्वास्थ्य तथा पोषण सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। आधारभूत स्वास्थ्य सेवा केन्द्र भिमाद–५ को आयोजनामा गर्भवती, सुत्केरी महिला तथा पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो।
    कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरूको प्रोटोकलअनुसार नियमित स्वास्थ्य जाँच गरिनुका साथै अण्डा वितरण गरिएको थियो। त्यसैगरी सुत्केरी महिलाहरूको घरमै पुगेर स्वास्थ्य परामर्श प्रदान गर्दै सरसफाइ तथा पोषणसम्बन्धी सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।
    पाँच वर्षमुनिका बालबालिकाको तौल वृद्धि अनुगमन, पूर्ण खोप कार्यक्रमको अवस्था मूल्याङ्कन तथा कुपोषण न्यूनीकरणसम्बन्धी सचेतनामूलक गतिविधि पनि कार्यक्रमका प्रमुख अङ्ग थिए। सरसफाइ प्रवर्द्धनका लागि साबुन, टुथपेस्ट, ब्रस, नङकटर र पञ्जा लगायतका सामग्री वितरण गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र भिमाद–५ मा कार्यरत अहेव (इन्चार्ज) रन्जु श्रेष्ठले जानकारी दिनुभयो।
    कार्यक्रममा १८ जना गर्भवती महिला, १२ जना सुत्केरी महिला तथा २८ जना बालबालिका सहभागी भएका थिए। यस कार्यक्रमबाट मातृ तथा शिशु स्वास्थ्यमा सुधार, कुपोषण न्यूनीकरण तथा समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट