आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सरस्वती आ.वि. घिरिङ-१ मा सरस्वती मन्दिर स्थापना हुदैं गाउँबासीबाट सहयोगको ओईरो


  • समाचार कुञ्ज
  • २०८२ माघ २९, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • ४४ पाठक संख्या
  • समर रानाभाट, १,माघ

    घिरिङ गाउँपालिका वडा नम्बर -१ अत्रौली स्थित रहेको श्री सरस्वती आधारभूत विद्यालयको ६३ अौ वार्षिकोत्सव एंव सरस्वती मन्दिर स्थापना सहयोग समारोह हुने भएको छ ।

    “विद्या धनम् सर्व धनम् प्रधानम् ” भने मुल उदेश्यका साथ संचालन रहेको कार्यक्रममा सहयोग धेरै थोरै र ठुलो सानो हुदैन् भनेसाथ घिरिङ गाउँपालिका वडा नम्बर -१ अत्रौलीमा वि.सं. २०२० सालमा स्थापना भएको श्री सरस्वती आधारभूत विद्यालयको प्राङगणमा स्थापना हुदै गरेको सरस्वती मन्दिर स्थापना र ६३ अौ वार्षिकोत्सव समारोह २०८२/०८३ सम्पन्न गर्नका लागि सरास्वती पुजाको दिन देखि सहयोग जुटाउने कार्यक्रम तिव्र रूपमा अघि बढाईएको छ ।
    हाल सम्म पिताम्बर भण्डारीका स- परिवार बाट ५० हजार ५ सय ५१ रूपैयाँ सहयोग , अकंल समान / अन्जीता साह ठकुरी बाट ४३ हजार ३ सय ३३ रूपैयाँ सहयोग , केशवी सिग्देल बाट ३० हजार ५ रूपैयाँ सहयोग ,गुणनिधि सिग्देलबाट २६ हजार ५ सय ११ रूपैयाँ सहयोग ,सुर्य पोख्रेलबाट २५ हजार ५ सय ५ रूपैयाँ सहयोग , रेशम विश्वक्रम बाट २५ हजार ५ सय सहयोग , धन बहादुर थापा मास्कि र गुमन सिं मास्कि बाट २० हजार ५ रूपैयाँ सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक शेरजंग मास्कि जानकारी दिनु भयो । उहाँको अनुसार सहयोग आउने क्रम जारि रहेको बताउनु भयो । विद्यालयका शिक्षक गोविन्द प्रसाद भण्डारी , युवा राज पोख्रेल लगायतले पञ्चमी कै दिन बाट सुरूवात गरेका थिए । विद्यालयलाई समाजसेवीहरू बाट थप सहयोग आउने क्रम जारि रहेको विद्यालयका प्रधानाध्यापक शेरजंग थापा मास्किले बताउनु भयो ।

    यो सक्रिय रुपमा सहयोग पुर्याउनु भएकोमा बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष अम्बिका पोख्रेल, शिक्षक अभिभावक समितिका अध्यक्ष थमन सिङ मास्की , सहायक प्रधानाध्यापक सुन्दर अधिकारी आर्थिक सन्कलन समिती संयोजक पदम थापा मास्की सम्पुर्ण पधाधिकारीहरु भुपु विद्यार्थी सहयोगि गाउबासि भद्र भलादमीहरुमा उत्साहजन साथ, सहयोग,सल्लाह र सहकार्य अघि बढेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट