आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

विद्यालय स्तरीय एच पि भी खोप अभियान : वडा नं-४ सरोकार वलाहरु संगको अन्तरक्रिया सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ माघ २९, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • ३० पाठक संख्या
  • माघ २९,

    विद्यालय केन्द्रित एच पि भी खोप अभियान २०८२/८३ वडा स्तरीय  खोप समन्वय समिति र सरोकारवलाहरु संगको अभिमुखी कार्यक्रम वडा नम्बर -४ को वडा कार्यालयमा सम्पन्न भएको छ ।

    कक्षा ६ मा अध्ययनरत १७ जना छात्रालाई श्री महेन्द्र ज्योति विद्यालयबाट र फुला आधारभूत स्वास्थ्य केन्द्रबाट खोप लगाइने छ । विद्यालय जाने कक्षा ६ मा अध्ययनरत किशोरी, हाल विद्यालय नजानेको हकमा १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप प्रदान गरिने स्वास्थ्य शाखाले जनाएको छ

    बिद्यालय केन्द्रित एच .पि.भि. खोप कार्यक्रम सम्बन्धि वडा स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रममा वडा नं -४ का अध्यक्ष भिम बहादुर कुमालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य रिमा कुमाल , सरिता वि.क. वडा सदस्य मन बहादुर रानाभाट ,वडा नं -४ भित्रका विभन्न विद्यालयका प्र.अ. प्रतिनिधि,महिला स्वयंसेविका लगायतको सरोकारवालाहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा घिरिङ वडा नं ४ को वडा सचिब कृष्ण प्रसाद पाण्डे, महेन्द्रज्योती का शिक्षिका सपना थापा,ममता गुरुङ ,रोजिशा ढुङ्गाना तथा महिला स्वास्थ्य स्वयम सेविकाहरु को उपस्तिथि रहेको थियो भने कार्यक्रम संचालन फुला आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख प्रबिन श्रेष्ठले गरेका थिए । कार्यक्रममा फुला आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख प्रविन श्रेष्ठ , ममता गुरूङले सहजीकरण गर्नु भएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट