
समाचार कुञ्ज नेपाल रेडक्रस सोसाइटी भगवतीपुर उपशाखाको सभापतीमा मिनबहादुर कार्की निर्वाचित भएका छन् । उपशाखाको शनिबार सम्पन्न चौँथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट कार्की पुनः सभापतीमा निर्वाचित भएका हुन् ।
उपशाखाको महिला उपसभापतिमा सुना गुरुङ, सचिवमा मान वहादुर थापा (मनिष), कोषाध्यक्षमा होमबहादुर थापा पुनः दोहोरिएका छन् भने सहसचिवमा गोविन्द श्रेष्ठ, सह कोषाध्यक्षमा उत्तम थापा चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा याम बहादुर थापा, प्रेमबहादुर थापा, आजन्ति माया थापा, लोहविर थापा र विमन आले चयन भएका छन् । त्यस्तै सल्लाहकारमा नारायण प्रसाद श्रेष्ठ चयन भएका छन् ।
उक्त अधिवेशनमा नेपाल रेडक्रस सोसाईटी तनहुँका मन्त्री सुर्यचन्द्र हड्खले, नेरेसो तनहुँका जिल्ला सदस्य तथा निर्वाचन संयोजक विमल गिरी, जिल्ला सदस्य सुमन थापा, नेपाली काँग्रेस घिरिङ गाउँ कार्य समितिका सभापती याम बहादुर थापा, नेपाल शिक्षक संघ घिरिङका अध्यक्ष नारायण प्रसाद श्रेष्ठ लगायतको बिशेष उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस