
समाचार कुञ्ज पौष ०७ , छाङ्गपाटन
हिन्दू धर्मावलम्बीहरूको विशेष पर्व माघे सङ्क्रान्तिको पावन अवसर पारेर तनहुँको म्याग्दे गाउँपालिका –५, छाङ्गपाटनमा दोस्रो जनकल्याण युवा कप–२०८२ आयोजना हुने भएको छ। श्री जनकल्याण युवा क्लबको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ।
प्रतियोगिता पौष २६ गतेदेखि माघ १ गतेसम्म छाङ्गपाटन खेल मैदानमा सञ्चालन हुने क्लबका अध्यक्ष अभिषेक श्रेष्ठले बताएका छन् । प्रतियोगितामा सहभागी प्रत्येक टिममा ९ जना खेलाडी रहने व्यवस्था गरिएको छ। भने टिम दर्ता शुल्क रु. ३ हजार ५ सय तोकिएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ४० हजार द्वितीय हुने टिमले नगद रु. २५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै दुई टिमलाई सान्त्वना पुरस्कार स्वरूप २ टिमलाई नगद रु. १०/१० हजार प्रदान गरिनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई बेस्ट प्लेयर, बेस्ट स्पाइकर र बेस्ट सेटर विधामा समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार प्रतियोगितासँगै अन्य खेल तथा विविध सांस्कृतिक कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ। खेल सञ्चालनका क्रममा कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम हुने बताइएको छ।
स्थानीय स्तरमा खेलकुदको विकास गर्दै युवालाई सक्रिय बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त प्रतियोगितामा सहभागिताका लागि आयोजकले सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीलाई उपस्थितिका लागि निमन्त्रणा गरेको छ।

प्रतिक्रिया दिनुहोस