आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

भगवती न्यौपानेलाई जिताउन व्यासमा ५५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन


  • समाचार कुञ्ज
  • २०८२ माघ १२, सोमबार मा प्रकाशित १ महिना अघि
  • ९ पाठक संख्या
  • आसन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ कीउम्मेदवार भगवती न्यौपानेलाई विजयी गराउनेउद्देश्यसहित नेकपा एमाले व्यासनगर कमिटीले ५५१सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

    आइतबार बसेको नेकपा एमाले व्यास नगर कमिटीकोबैठकले नगर कमिटीका अध्यक्ष तुलसीराम पाण्डेकोसंयोजकत्वमा ५५१ सदस्यीय निर्वाचन परिचालनकमिटी गठन गर्ने निर्णय गरेको हो। सोही अवसरमाव्यास नगरपालिकास्तरीय निर्वाचन परिचालन कार्यालय समेत स्थापना गरिएको छ।

    बैठकले नगरका १४ वटै वडामा निर्वाचन परिचालनकार्यालय स्थापना गरी अधिकतम मतदातासम्म पुग्नेनिर्णय गरेको नगर कमिटीका अध्यक्ष पाण्डेले जानकारीदिए।

    कमिटी गठन बैठकमा एमाले केन्द्रीय सदस्य तथा तनहुँक्षेत्र नम्बर १ की उम्मेदवार भगवती न्यौपानेले निर्वाचनमाविजय हासिल गर्न पार्टीका सम्पूर्ण कार्यकर्ता एकताबद्धभएर लाग्नुपर्ने बताइन्। उनले पछिल्लो समय देखिएकोवैदेशिक हस्तक्षेप र राष्ट्रिय स्वाधीनता माथि परेकोसंकटका विषयलाई मतदाता समक्ष स्पष्ट रूपमा बुझाउनआवश्यक रहेको उल्लेख गरिन्।

    बैठकमा पूर्व केन्द्रीय सल्लाहकार प्रतापलाल श्रेष्ठ, जिल्ला कमिटीका अध्यक्ष हरिराज कडेल, प्रदेश कमिटीसदस्य मनुमाया श्रेष्ठ, नगर कमिटीका पूर्व अध्यक्ष वीरेन्द्र बहादुर अधिकारी लगायत वक्ताहरूले एमालेको जितसुनिश्चित गर्न सबै तहका कार्यकर्ता सक्रिय हुनुपर्नेमाजोडदिएका थिए।

    यसअघि एमालेले सबै स्थानीय तहमा निर्वाचन परिचालनकमिटी गठन गर्ने र निर्वाचन परिचालन कार्यालयस्थापना गर्ने निर्णयगरिसकेको छ। शनिबार पार्टीकार्यालय दमौलीमा सम्पन्न क्षेत्रीय समन्वय कमिटीकोबैठकले जिल्ला सचिव तथा क्षेत्रीय संयोजक प्रदीपराजअधिकारीको संयोजकत्वमा १ हजार १ सदस्यीयनिर्वाचन परिचालन कमिटी गठन गरेको थियो।

    त्यस्तै, भानु नगर कमिटीमा बिहीबार नगर कमिटीकाअध्यक्ष शंकर रानाभाटको संयोजकत्वमा १ हजार १सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भइसकेकोछ। अन्य पालिकाहरूमा पनि एक साताभित्र निर्वाचनपरिचालन कमिटी गठन सम्पन्न हुने जिल्ला कमिटीका सचिव तथा क्षेत्र नम्बर १ का संयोजक प्रदीपराजअधिकारीले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट