आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता


  • समाचार कुञ्ज
  • २०७९ चैत्र १३, सोमबार मा प्रकाशित २ साल अघि
  • ११ पाठक संख्या
  • काठमाडौं : सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो। अहिले उनीहरुबीच छलफल जारी रहेको छ।

    प्रतिनिधि सभा नियमावलीमा सभामुखको तजबिजको अधिकार कटौती गर्ने प्रस्ताव आएपछि सभामुख घिमिरेले संवादलाई तीव्रता दिएका छन्। सत्ता पक्षका सांसदहरूले संसद्को नियमावलीमै सभामुखको अधिकार कटौतीको माग गर्दै संशोधन प्रस्ताव पेस गरेपछि उनले संवादलाई अगाडि बढाएका हुन्।

    सांसदसँग अनौपचारिक छलफल गरेका सभामुख घिमिरेले आइतबार दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए।

    सभामुखको अधिकार कटौती गर्ने प्रस्ताव आएपछि अहिले बहस सुरु भएको हो। प्रतिनिधि सभा नियमावलीको मस्यौदामा सभामुखको अधिकारमा कार्यव्यवस्था समितिको परामर्शका नाममा अंकुश लगाउन खोजिएको छ।

    सभामुखको अधिकार कटौतीको विपक्षमा प्रतिनिधि सभामात्र नभई राष्ट्रियसभाका सांसदहरु समेत उभिएका छन्। अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सभामुखमा घिमिरे चुनिएका छन्। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट