आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

माओवादी–नेसपा वार्ता : पार्टी एकतामा बाबुरामलाई समेट्ने अन्तिम प्रयास


  • समाचार कुञ्ज
  • २०८० मंसिर ४, सोमबार मा प्रकाशित २ साल अघि
  • ९ पाठक संख्या
  • ३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको वार्ता समितिले प्रचण्ड र बाबुराम भट्टराईकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन सुझाएको छ ।

    नेपाल समाजवादी पार्टी (नेसपा) ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक काठमाडौंमा बोलाएको छ । भट्टराईले वार्ता कमिटी भंग गर्ने योजनाका साथ बैठक बोलाएपछि दुवै दलको वार्ता टोलीको बैठक आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको थियो ।

    बैठकले अध्यक्षहरुकै नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिएको छ । नेसपाका वार्ता टोली संयोजक एवं पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ भन्छन्, ‘हामीले दुवै पार्टीलाई अध्यक्षकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन र त्यहीं वैचारिक र नीतिगत विषयहरुमा छलफल गरेर टुंग्याउन सुझाएका छौं ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट