आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

पाँच दिने प्रभावकारी भाषणकला तथा प्रस्तुतिकरण तालिम सम्पन्न


  • समाचार कुञ्ज
  • २०८० फागुन १, मंगलबार मा प्रकाशित २ साल अघि
  • ८ पाठक संख्या
  • डण्डा ,नवलपुर। कावासोती नगरपालिका वडा न १६ को डण्डामा संचालीत पाच दिने प्रभावकारी भाषणकला तथा प्रस्तुतीकरण तालिम सम्पन्न भएको छ।कावासोती १६ मा रहेको मध्यविन्दु हरियाली सामुदायिक वनको आयोजना तथा सायरा मिडिया एण्ड इभेन्ट्स  प्रालिको समन्वयमा संचालित तालिममा वन समितिका १५ जना पदाधिकारी तथा वन समुहका प्रतिनिधि सहित गरि २६ जनाको सहभागीता रहेको थियो।माघ २४ गतेबाट सुरु भएको तालिम २९ गते सोमबार सम्पन्न भएको थियो

    पाँच  दिने प्रशिक्षण कार्यक्रममा रमेस चन्द्रतारा बस्ताकोटी ,किरण भुर्तेल र श्रीराम तिमिल्सिनाले सहजीकरण गरेका थिए।तालिमको समापन कार्यक्रममा बोल्दै समापन कार्यक्रमका प्रमुख अतिथी सव डिभिजन वन कार्यालयका प्रमुख भेषराज महतोले वनले संचालन गरेको क्षमता अभिवृद्धि कार्यक्रम प्रशंसनीय रहेको भन्दै अन्य बनहरुले पनि यस्ता तालिमहरु संचालन गर्नुपर्नेमा जोड दिए

    स्थाको सचिब राजकुमार सुनारले संचालन गरेको समापन कार्यक्रमको अन्त्यमा बोल्दै वनका अध्यक्ष तेज बहादुर केसिले मध्यविन्दु हरियाली सामुदायिक वनले विगतमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रम संगै आयआर्जनका लागि सिपमुलक तालिम संचालन गरिरहेको जानकारी गराउदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्दता व्यक्त गरे

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट