आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

कावासोतीमा अन्तरपालिका भलिबल सम्पन्न, महिलातर्फ कावासोती र पुरुषतर्फ बौदीकाली च्याम्पियन


  • समाचार कुञ्ज
  • २०८३ आश्विन २७, मंगलबार मा प्रकाशित ३ दिन अघि
  • १० पाठक संख्या
  •  

    कावासोती। नवलपुरको कावासोतीमा सम्पन्न अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ कावासोती नगरपालिका र पुरुषतर्फ बौदीकाली गाउँपालिका च्याम्पियन बनेका छन्।

    कावासोती नगर खेलकुद विकास समितिको आयोजनामा असोज २५ गतेदेखि सञ्चालन भएको प्रतियोगिता असोज २६ गते फाइनल खेलसँगै सम्पन्न भएको हो।

    महिलातर्फको फाइनलमा कावासोती नगरपालिकाले देवचुली महिला समूहलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। त्यस्तै, पुरुषतर्फको प्रतिस्पर्धात्मक फाइनलमा बौदीकाली गाउँपालिकाले कावासोती नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पार्‍यो।

    उपाधिसँगै महिला र पुरुष दुवैतर्फका विजेता टोलीले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। उपविजेता टोलीले जनही ३० हजार रुपैयाँ तथा दुवैतर्फका सान्त्वना टोलीले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

    महिलातर्फ मध्यविन्दु नगरपालिका र गैँडाकोट नगरपालिकाले सान्त्वना स्थान हासिल गरेका छन् भने पुरुषतर्फ मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

    प्रतियोगितामा महिलातर्फ कावासोतीकी अनुजा सारु र पुरुषतर्फ बौदीकालीका विश्वास अधिकारी उत्कृष्ट खेलाडी घोषित भएका छन्।

    कावासोती नगरपालिकाकी उपप्रमुख फूलकुमारी थनेतको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भएको हो।

    प्रतियोगिताले स्थानीय तहबीच खेलकुद प्रतिस्पर्धा र आपसी सम्बन्ध अभिवृद्धि गर्नुका साथै भलिबल खेलको विकासमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑