
समाचार कुञ्ज घिरिङ गाउँपालिका वडा नं ३ को कार्यालयमा पालिका बाट प्रदान गरिने सेवा प्रवाहका लागि एक दिने एकीकृत घुम्ती शिविर हिजो संचालन भएको थियो । सो शिविर घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले उद्घाटन गर्नु भयो। अध्यक्ष थापाले वास्तविक किसानले सेवा पाउन छुटेको हुँदा वडा स्तरमा गएर सेवा दिएको बताउनु भयो।
कृषि तथा पशुको औषधि बितरण घटना दर्ता जस्ता महत्वपूर्ण सेवा प्रवाह गर्न शिविर संचालन गरिएको हो। साथै ब्यवसाय दर्ता गरेर बैधानिक ब्यवसायी बन्न समेत थापाले अपिल गर्नु भयो। 
वडा नं ३ का अध्यक्ष तहल सिंह थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल, कार्यपालिका सदस्यहरु पार्वती बिक र इश्वरी श्रेष्ठ, वडा सदस्यहरु लोक बहादुर गुरुङ्ग र मनिराज थापा, स्वास्थ्य,कृषि, पशु शाखा प्रमुख तथा कर्मचारी हरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस