आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सबैका मुहारमा मुस्कान : कक्षामा सहभागी प्रशिक्षार्थीहरु भविष्यप्रति आशावादी 


  • समाचार कुञ्ज
  • २०८१ बैशाख २२, शनिबार मा प्रकाशित १ साल अघि
  • १० पाठक संख्या
  • सिप मेला २०८१, तेस्रो दिन 

    ‘सिप मेला २०८१’ को आज तेस्रो दिन । पूर्व निर्धारित समय तालिकाअनुसार तालिमका कक्षाहरु धमाधन सञ्चालन हुन थालेका छन् । कक्षामा सहभागी हुन पाएका प्रशिक्षार्थीहरुका मुहारमा मुस्कान देखिन्थ्यो । तालिममा सहभागी हुन पाएकोमा भविष्यप्रति आशावादी भएको उहाँहरुको प्रतिक्रिया छ । 

    आवेदकलाई तालिममा आउन महानगरपालिकाबाट एसएमएस पठाउने गरिएको छ । 

    आवेदकको संख्या धेरै भएकोले सबैलाई एकै पटकमा बोलाउन नसकिएको हो । वडाहरुबाट आएका फाराम कम्प्युटरमा प्रविष्ट गराइँदै छ । टुँडिखेलमै आएर आवेदन दिनेका फाराम भर्नेहरुको विवरणमा देखिएको त्रुटि र दोहोरोपनाका कारण यी फारामहरुको पनि वर्गीकरण भइरहेको छ । 

    ‘सिप मेला २०८१’ का लागि आवेदन दिएकामध्ये मेलामा सहभागी गराउन नसकिने आवेदकलाई ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत सञ्चालन भइरहेका तालिम कार्यक्रममा सहभागी गराउने तयारी छ । यो तालिम पनि निःशुल्क हो । 

    थप जानकारी लिनका लागि टोल फ्री नं. १६६००१ ०५५११ 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट