आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङ-४ मा खाद्यान्न बालीको खेती प्रविधि सम्बन्धी दुई दिने तालिम


  • समाचार कुञ्ज
  • २०८२ अषाढ २, सोमबार मा प्रकाशित ८ महिना अघि
  • ८ पाठक संख्या
  • असार २ तनहुँ । 

    खाद्यान्न बालीको खेती प्रविधि धान, मकै र कोदो सम्बन्धी दुई दिने  कृषकस्तर तालिम सुरू भएको छ । घिरिङ गाउँपालिका कृषि विकस शाखाले  आयोजनामा असार २  देखि ३ गतेसम्म  सञ्चालन हुने तालिमको उद्वघाटन घिरिङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल गरेका हुनु  । 

    उद्वघाट समारोहमा घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले हाम्रो देशमा धान, गहुँ, मकै, कोदो,  मुख्य खाद्यान्न बालीको रुपमा लिइने गरिएको धारणा व्यक्त गरे । मकै खेतीमा बाँदरको आतंक पसेपछि किसानहरुले मकै लगाउन छोड्दै गर्दा। समयक्रम सँगसँगै बाँकी रहेका कोदो लगायतका रैथाने बालीहरू लोप हुँदै जानुका,साथै, कृषि, आम्दानीमुखी र सिपमूलक तालिम तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।

    तालिममा कार्यपालिका सदस्य ,रिमा कुमाल, सरिता वि.क. वडा न. ४ का वडा सदस्य मन बहादुर रानाभाट ,वडा सचिव कृष्ण प्रसाद पाण्डे , वडा प्रविधिक , गणेश विक समाजसेवी ,सञ्चारकर्मी उपस्थित रहेका थिए । उक्त तालिममा वडा नम्बर -४ का ४० जना कृषकहरूको सहभागीता रहेको छ । कृषकहरूलाई खाद्यान्न बालीको खेती प्रविधि सम्बन्धी तालिमको  सहजिकरण घिरिङ गाउँपालिका कृषि शाखा प्रमुख  रवि रामधामले गरेका थिए । 

    सो कार्यक्रमको वडा नं. ४ का वडा अध्यक्ष  भिम बहादुर कुमालको अध्यक्षता भएको कार्यक्रम सञ्चालन कषि शाखा नायव प्राविधिक सहायक सामना नेपालीले गरेकी थिइन, भने  वडा सदस्य मन बहादुर रानाभाट स्वागत मन्तव्य राखेका थिए। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट