आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

भिमादमा ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर र थ्रेसर वितरण


  • समाचार कुञ्ज
  • २०८२ अषाढ २७, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • १२ पाठक संख्या
  •  भिमाद नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत व्यवसाय दर्ता भएका कृषि फर्म, समूह तथा सहकारीहरुलाई लक्षित गर्दै आधुनिक मेशिनरी औजार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रम अन्तर्गत छनोटमा परेका  कृषि फर्म, समूह र सहकारीहरूलाई ५० प्रतिशत अनुदानमा २९ वटा हाते ट्रयाक्टर र २ वटा थ्रेसर वितरण गरिएको छ।

    कार्यक्रमको उद्देश्य कृषिमा आधुनिक उपकरणको प्रयोग बढाई उत्पादनशीलता वृद्धि गर्नु रहेको छ। वितरण कार्यक्रममा सहभागी किसानहरूले आधुनिक मेशिनरी उपकरण प्राप्त गरेपछि खेती गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्।

    नगर प्रमुख दधिराज सुवेदीले “स्थानीय स्तरमा कृषि यान्त्रीकरणलाई प्रवर्द्धन गर्न यस्ता उपकरण वितरणको कार्यक्रम ल्याइएको हो। हामी कृषकहरूको आय वृद्धि र आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्यमा अघि बढिरहेका छौं।”

    उक्त कार्यक्रमले भिमाद नगरभित्र कृषकहरूलाई कृषि उत्पादनमा नयाँ प्रविधि प्रयोग गर्न प्रोत्साहित गर्ने नगर प्रमुख सुवेदीले बताए।
    साथै भिमाद नगरपालिकाका सबै वडाबाट क्रमिक रूपमा ट्रयाक्टर वितरण भई रहेको जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट