आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

चुनावहुने क्षेत्रका एमाले  कमिटी कार्यकारी बनाअाैं : युवा नेता गिरी


  • समाचार कुञ्ज
  • २०८२ श्रावण १८, आईतबार मा प्रकाशित ७ महिना अघि
  • १३ पाठक संख्या
  • पाेखरा १८ साउन । नेकपा ( एमाले)  प्रदेश कमिटी सदस्य एवम् युवा नेता  विद्राेही गिरीले बिधान  संशाेधन गरि चुनाव हुने क्षेत्रका कमिटीहरू कार्यकारी कमिटी बनाउनु पर्ने बताउनु भएकाे छ । नेकपा ( एमाले) गण्डकी प्रदेश कमिटीकाे चाैथाें पूर्ण बैठकमा बाेल्दै उक्त कुरा बताउनु भएकाे हाे । 
    अहिले भएकाे निर्वाचन क्षेत्रिय कमिटीहरूलाई कार्यकारी बनाअाैं जिल्ला कमिटीलाई समन्वय बनाउनु पर्छ युवा नेता गिरीले भन्नुभयाे –  निर्वाचित  हुने क्षेत्रलाई कार्यथलाे बनाउदा पार्टी काम उठाउने परिस्थिति हुन्छ । 
    उहाँले प्रदेश सरकार गठन भएकाे एक बर्षमा प्रदेश सरकारका उपलब्धि र कामका बारेमा बैठकमा एजेन्डा का रूपमा अाउनुपर्ने र समीक्षा हुन जरूरी भएकाे बताउनु भयाे । पार्टी र संसदीय फाँट फरक हाे जस्ताे गरि गतिविधि चल्नु हुदैन त्यसले पार्टी र जन प्रतिनिधिहरू बीचकाे समन्वय देखिन्न ।  जन प्रतिनिधिले पार्टीले सहयाेग नगरेकाे , पार्टी नेतृत्वलाई संसदीय माेर्चाले नटेरेकाे जस्ताे देखिएकाे छ त्याे अन्त्य हाेस् उहाँले भन्नुभयाे । 
    बिचारमा एक रूपता भएपनि कार्यशैलीमा नेताहरू कमिटीगत प्रणालीलाई इन्गाेर गरेर चल्दा कार्यकर्तामा उत्साह नभएकाले नेताहरू कमिटीगत प्रणालीमा चल्न  जरूरी भएकाे उहाँले बताउनुभयाे । नियमित कामलाई अभियानकाे रूपमा सञ्चालन गर्नुपर्ने स्थिति किन बन्याे? समीक्षा हाेस् उहाँले भन्नुभयाे-  युवा पुस्तालाई राजनीतिमा अाकर्षण गर्ने कार्यक्रम तत्लाे तहमा अाएका छैनन । जनसंगठनलाई  कामकाजी बनाउन पर्छ । केन्द्रीय कमिटी  दुई अंक र प्रदेश कमिटी ५१ र मातहतका कमिटी त्यसै गरि निर्माण  हुनुपर्नेमा जाेड छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट