आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

CEE MBBS तयारी गर्ने student को पीडा:-


  • समाचार कुञ्ज
  • २०८२ श्रावण ३१, शनिबार मा प्रकाशित ६ महिना अघि
  • १७ पाठक संख्या
  • रातको 2 बजे आँखा खुल्छ
    सपनामा होइन, विपनामा मन बोल्छ पूरा गर्न
    पढ्ने पेजमा बत्ती बल्छ,
    बिस्तारै निद्रा पनि हार मान्न थाल्छ

    कापी, किताब, प्रश्नहरूको ओइरो,
    एकातिर बन्छ विज्ञानको हीरो
    अर्कातिर घर परिवार समाजको आँशु झल्किन्छ,
    किनकि सबले बुझ्दैनन् यो युद्ध कति तीव्र छ
    साथीहरू घुम्न जान्छन् खुलेर,
    म चाहिँ Neuron पढ्दै, हृदयको धड्कन हेरेर
    मिठा खाना परेझैं टाढा लाग्छन्,
    यी तयारीका दिनहरू बिनाको जीवन सपना लाग्छन्
    कहिलेकाहीं थकाइले बन्धन च्यात्छ,
    तर मन भन्छ – प्रदिप, तिमी नै त्यो तारा हौ,
    जो CEE को आकाशमा टल्कने छ,
    2082 मा सबैको अनुहार उज्यालो पार्ने छ
    छातीमा पीडा छ, आँखामा सपना,
    यी दुःखका दिनले बनाउछ कि विपना
    बुझ् यो पीडा मात्र छैन, यो बलिदान हो,
    डाक्टर बन्ने मात्र सपना होइन,
    देशमा बसेर सेवा गर्ने अभियान हो
          लेखक
        प्रदिप रानाभाट 
    ठेगाना: तनहुँ ऋषिङ -४ सिरकोट
    हाल : देवचुली -१४ दलदले

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट