
समाचार कुञ्ज कावासोती
जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) को विचारधारालाई आत्मसाथ गर्ने नयाँ पुस्ता (जेनजी) युवा विद्यार्थीहरूले मदन भण्डारी विचारधारा विद्यार्थी फोरम गठन गरिएको छ ।
४ जना पदाधिकारी (संयोजक, सह–संयोजक र प्रवक्ता) सहित १८६ जना सदस्य गरी १९० सदस्यीय कमिटी गठन गरिएको हो ।
अधिवक्ता समीर रिजाल संयोजक रहने गरी गठन गरिएको फोरममा सह–संयोजकमा विवेक तमु र अभि विश्वकर्मा रहेका छन् । त्यस्तै प्रवक्ताको जिम्मेवारी मनीषा पौडेलले पाएकी छन् । मनिषा नवलपुर कावासोतीकी बासिन्दा रहेकी छन । अनेरास्ववियु मध्यविन्दु कलेक प्रारम्भीक कमिटि अध्यक्ष, स्वतन्त्र विद्यार्थी युनियन मध्यविन्दु कलेजको कोषाध्यक्ष हुदै गत सम्पन्न अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्य समेत बनेकि थिईन । गत भाद्र २३ गते भएको जेनजी आन्दोलनको क्रममा भाद्र २४ गते अनेरास्ववियु र पाटीको साधारण सदस्यता समेत परित्याग गरी जेनजी आन्दोलनमा एक्यवद्धक्ता जनाएकी थिईन ।
नवलपुर जेसीज वर्ष २०२५ कि महासचिव समेत रहेकी छन ।
फोरमले जबजको सान्दर्भिकतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विद्यार्थीमाझ स्थापित गर्ने, वैचारिक बहस सिर्जना गर्ने र मदन भण्डारीको दूर दृष्टिलाई नयाँ पुस्तामाझ जीवन्त राख्ने उद्देश्य लिएको छ।
साथै सभा, सेमिनार, र नेतृत्व विकासका विभिन्न कार्यक्रमहरू गर्दै नव पुस्तालाई नेपालको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणमा सक्रिय र अर्थपूर्ण भूमिका खेल्ने गरी सक्षम बनाउने लक्ष्य समेत फोरमको उद्देश्य रहेको छ ।
विशेष कार्यशाला मङ्सिर महिनाभित्र काठमाडौँमा गर्ने तयारी गरिएको छ । मदन भण्डारी विचारधारा विद्यार्थी फोरमले जबजको प्रगतिशील सारलाई ग्रहण गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय को पक्षमा नयाँ पुस्तालाई वैचारिक रूपमा सबल र सङ्गठित बनाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस