आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

चौथो शुक्लागण्डकी महोत्सको सन्दर्भमा मुल आयोजक समितिको भेला


  • समाचार कुञ्ज
  • २०८१ फागुन २, शुक्रबार मा प्रकाशित १ साल अघि
  • १७ पाठक संख्या
  • दुलेगौंडा, २ फागुन । 
    शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले चौथो शुक्लागण्डकी महोत्सवको सन्र्दभमा मुल आयोजक समितिको भेला विहिवार सम्पन्न गरेको छ । मेलाको तयारी तिव्र रुपमा भइरहेको सो अवसरमा जानकारी दिइयो ।  बेलचौतारामा भएको भेलामा सहभागीले महोत्सवलाई विगतको भन्दा परिस्कृत गर्दै लैजान सुझाव दिएका छन् । नगर उपप्रमुख खुम बहादुर विक राजुले महोत्सवमा बालबच्चालाई केन्दित्र गर्दै रचनात्मक सिकाईका विषय समावेश गर्न सुझाव दिए । नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ५ का अध्यक्ष दिर्घ बहादुर थापा, वडा नं. २ का अध्यक्ष सुमन बहादुर राना, महोत्सवका निर्देशक एवम् नगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल प्रसाद रिमाल, सल्लाहकार हरि बहादुर खड्का, बरिष्ठ उपाध्यक्ष सुमन सापकोटा, महासचिव सुजन श्रेष्ठ, आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषदका अध्यक्ष तुलसीकुमारी श्रेष्ठ लगायतले बोलेका थिए । फागुन ९ देखि २० गतेसम्म हुने महोत्सव शुनपा–५, बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा सञ्चालन हुने छ । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ५० स्टल रहने छ ।  साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको आयोजकले जनाएको छ ।  महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समावेश गरिएको छ । 
    सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ  गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव हुन लागेको हो । महोत्सव उद्घाटनपूर्व विभिन्न संघसंस्था, आमा समुह, जातजातिको सहभागितामा झाँकीसहितको ¥याली निकालिने छ ।  महोत्सवमा १ सय ७५ स्टल रहने छन् । स्टल बुकिङ सबै सकिएको उपसमिति संयोजक सुमन सापकोटाले जानकारी दिए । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार गर्ने लक्ष्य छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट