आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङ सहित पालिकामा भोली दिनभर विद्युत नआउने


Thumbnail
  • समाचार कुञ्ज
  • २०८१ आश्विन ४, शुक्रबार मा प्रकाशित १ साल अघि
  • १२ पाठक संख्या
  • शुक्लागण्डकीको खैरेनीटार सवस्टेसनबाट वितरण हुदै आएका स्थानहरुमा भोली  (असोज ५ गते) दिनभर विद्युत अवरुद्ध हुने भएको छ । विहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्युत बन्द हुने छ । 
    नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रले शनिवार मुग्लीन–पोखरा सडक विस्तार योजना अन्तर्गत गुणादी, मनहरी र खैरेनीटारमा विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले खैरेनीटार सवस्टेसनसम्मको ३३ केभि प्रसारण लाईन बन्द गरिने जनाएको छ । 

    काम छिटो सम्पन्न भएमा चाडैनै विद्युत सुचारु हुने केन्द्रका इन्जिनीयर निरोज पौडेलले जानकारी दिए ।  खैरेनीटार सवस्टेसन बाट हाल तनहुँ निर्वाचन क्षेत्र नं. २ क, ख र नवलपुर निर्वाचन क्षेत्र नं. २ क का उपभोक्तामाझ विद्युत वितरण भइरहेको छ । सो क्षेत्र अन्तर्गत शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिकाका र नवलपुरको बौद्धिकाली र बुलिङ्टार गाउँपालिकाका केहि वडाहरुमा पर्दछन् । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट