आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

शिक्षक नियुक्ति विधि सम्मत नभएको भन्दै अनेरास्ववियु नवलपुरको ध्यानाकर्षण


  • समाचार कुञ्ज
  • २०८१ फागुन १२, सोमबार मा प्रकाशित १ साल अघि
  • ५० पाठक संख्या
  • तिर्थराज काफ्ले, कावासोती । अनेरास्ववियु नवलपुर जिल्ला कमिटीले कावासोती नगरपालिका वडा नं. २ मा रहेको शिव नमूना मा.वि. मा शिक्षक नियुक्ति प्रक्रिया विधि र कानुन अनुसार नभएको भन्दै ध्यानाकर्षण गराएको छ। विद्यालयमा भइरहेको नियुक्ति प्रक्रियामा पारदर्शिता नभएको र कानुनी प्रावधानहरूको उल्लंघन गरिएको भन्दै संगठनले यसबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ। तर, हालसम्म कुनै ठोस कदम नचालिएको भन्दै अनेरास्ववियुले आज कावासाेती नगर शिक्षा शाखा अधिकृत राजन पण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

    ghiring

    ghiring

    संगठनले विद्यालयमा विज्ञप्ति समेत टाँस गरी अवैध नियुक्ति प्रक्रिया सच्याउन माग गरेको छ। विद्यालय प्रशासनले उचित प्रक्रिया अवलम्बन नगरे विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा प्रतिकूल असर पर्ने भन्दै संगठनले तत्काल उचित समाधान खोज्न आग्रह गरेको छ।

    अनेरास्ववियु नवलपुरका अध्यक्ष सौगात भुसालले भने, “हामीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि विद्यालय व्यवस्थापनले कुनै ठोस कदम चालेको छैन। विधि र प्रक्रिया विपरीत शिक्षक नियुक्ति हुनु गम्भीर विषय हो, जसले विद्यार्थीहरूको भविष्यमा प्रतिकूल असर पार्न सक्छ। यदि छिट्टै यस विषयमा सुधार नभएमा हामी थप सशक्त आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुनेछौँ।”
    उनले कानुनी मापदण्ड अनुरूप निष्पक्ष र पारदर्शी नियुक्ति प्रक्रिया लागू गर्न सम्बन्धित निकायसँग आग्रह गरे।

    यदि सम्बन्धित निकायले छिट्टै आवश्यक कदम नचालेमा विद्यार्थीहरूको शैक्षिक हितका लागि अन्य आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी समेत अनेरास्ववियुले दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट