आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङमा शिव मन्दिर उद्वघाटन  


  • समाचार कुञ्ज
  • २०८१ फागुन १४, बुधबार मा प्रकाशित १ साल अघि
  • १२ पाठक संख्या
  • अन्जान परियार 
    महाशिवरात्रीको अवसरमा घिरिङ गाउँपालिका वडा नं –५ बनडाँंडामा नवनिर्मित शिव मन्दिर उद्वघाटन सम्पन्न भएको छ। बुधबार गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले मन्दिरको रिबन काटेर उद्वघाटन गरेका हुन। मन्दिर निर्माणको लागि घिरिङ गाउँपालिका बाट १ लाख तथा नेकपा एमाले घिरिङ गाउँ कमिटिका उपाध्यक्ष क्याप्टेन बिष्णु वीर रानाको परिवार बाट थप आर्थिक सहयोगमा र स्थानिय समुदायको श्रमदान सहित करिब ३ लाख ५० हजार लागतमा मन्दिर निर्माण भएको हो।

    मन्दिर निर्माण समितिका संयोजक तथा मगर युवा क्लब बनडाँडाका अध्यक्ष याम बहादुर थापाको अध्यक्षतामा भएको  सो कार्यक्रमको घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा प्रमुख अतिथि रहेका थिए। अध्यक्ष थापाले नेपालको संविधानमा धर्म निरपेक्ष उल्लेख भएको कारण हालको अबस्थामा  धर्मको नाममा सनातन हिन्दु धर्म र संस्कारको आस्था प्रती खलल पुर्‍याउने समुह गाउँ-गाउँमा प्रवेश गर्दा धर्म मासिने डर भएको बताए। यस संगै घिरिङको बिकासमा सबैको चासो पुर्वाधार तर्फ सडकमा रहेको छ, तर मुद्धाको कारण केही गर्न नसकेको दुखेसो पोखे, अहिले गाईघाट- गल्याँङ्ग मोटरमार्गलाई संघीय सरकार बाट १० करोड बजेट बिनियोजन भएको अध्यक्ष थापाले बताए।

    सो कार्यक्रममा गाउँपालिकाका पुर्ब अध्यक्ष रन बहादुर राना, भिमाद नगरपालिका -६ मालेबगर निवासी क्याप्टेन खड्क बहादुर थापा, एमाले घिरिङ गाउँकमिटी अध्यक्ष सुमन कुमार श्रेष्ठ , कार्यपालिका सदस्य भुवन सिं बिक लगायतले मन्तब्य राखेका थिए। उक्त कार्यक्रमको संचालन बिष्णु वीर रानाले गरेका थिए भने स्वागत मन्तव्य बोमाया रानाले राखेकी थिइन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट