आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बिनयी खोलामा आएको वाढीले डाइभर्सन बगाउँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध


  • समाचार कुञ्ज
  • २०८१ चैत्र ३०, शनिबार मा प्रकाशित १0 महिना अघि
  • ११ पाठक संख्या
  • कावासाेती, चैत ३० – आजको वर्षासँगै बिनयी खोलामा आकस्मिक वाढी आएपछि बुटवल–नारायणगढ सडक खण्डको बिनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको छ। डाइभर्सन बगाउँदा सडक सेवा पूर्ण रूपमा अवरुद्ध भएको र दुवै तर्फका सवारी साधनको सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ।

    सडक अवरुद्ध भएपछि स्थानिय प्रशासन तथा सरोकारवाला निकायहरुले डाइभर्सन मर्मतको पहल थालेका छन्। यसबीच, अत्यावश्यक सवारी साधनहरूलाई वैकल्पिक मार्गमार्फत— होङ्सी गेट हुँदै होङ्सी सिमेन्ट जाने बाटो प्रयोग गराई दुम्किवासतर्फ पठाइएको जनाइएको छ।

    सडक मर्मत नभएसम्म यात्रुहरूले वैकल्पिक मार्ग अपनाउन तथा सम्भाव्य थप जोखिमबाट जोगिन सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट