
समाचार कुञ्ज ज्ञानु पंगेनी , वैशाख २३ गते ।
वर्षा भएपछि पूर्व पश्चिम राजमार्गको दाउन्नेमा सडक अबरुद्ध भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व (नवलपुरको) विनयी त्रिवेणी गाउँपालिका –२ दाउन्नेमा वर्षाका कारण सडक चप्लो भएपछि सवारी आवगमन अबरुद्ध बनेको हो ।
विस्तारका क्रममा रहेको यस सडक खण्डमा बिहान १० बजेतिर परेको वर्षाले सडक हिलो र चिप्लो भई सवारी आवतजावत गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको नेपालले बताउनुभयो ।
वर्षा रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइने नेपालले बताउनुभएको छ ।
यो सडक खण्ड निर्माणका लागि अहिले राति ६ घण्टा सडक बन्द गरेर काम भइरहेको छ । निर्माणाधीन अवस्थामा रहेका कारण यस क्षेत्रमा सामान्य पानी पर्दा समेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ ।
केही दिनदेखि वर्षा हुनेक्रम जारी रहदा दाउन्ने खण्ड भएर सवारी आवतजावतमा कठिनाई भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस