आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

भिमादमा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ २१, बुधबार मा प्रकाशित ९ महिना अघि
  • १२ पाठक संख्या
  • भिमाद, २०८२ जेठ २१
    भिमाद नगरपालिकामा आज बालमैत्री स्थानीय शासन (BFLG) सम्बन्धी अभिमुखिकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सामाजिक विकास कार्यालय, तनहुँको आयोजनामा नगर सभाहलमा सम्पन्न भएको हो।

    कार्यक्रममा नगरका जनप्रतिनिधिहरू, विषयगत शाखाका कर्मचारीहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि तथा बाल क्लबका सदस्यहरू लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

    बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणासम्बन्धी जानकारी प्रदान गर्दै सहभागीहरूको क्षमता विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। कार्यक्रमको अध्यक्षता जिल्ला बाल अधिकार समिति तनहुँका अध्यक्ष तथा निवर्तमान म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गर्नुभयो। प्रमुख अतिथि नगर प्रमुख श्री दधिराज सुवेदीज्यू रहनु भएको थियो भने विशेष अतिथि उपप्रमुख श्रीमती शारदा खनालज्यू रहनु भएको थियो।

    बालमैत्री स्थानीय शासनको अवधारणा, बालमैत्री योजनामा लगानी, पालिका स्तरीय संरचना, ५१ वटा सूचकहरू, कार्यान्वयनका चरणहरू लगायतका विषयमा श्री सफल बरालज्यूले सहजीकरण गर्नुभएको थियो।

    कार्यक्रमको अन्त्यमा सहभागीहरूले भिमाद नगरपालिकालाई २०८३ मङ्सिर ४ गतेभित्र बालमैत्री नगरपालिका घोषणा गर्न आवश्यक सम्पूर्ण प्रक्रिया तथा तयारीमा आ–आफ्नो क्षेत्रबाट पूर्ण रूपमा सहयोग गर्ने सामूहिक प्रतिबद्धता जनाउँदै कार्यक्रम समापन गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट