आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

वैशाख १ गते मिछुर्लुङ्गमा खुल्ला माैलिक कौराहा प्रतियोगिता हुने 


  • समाचार कुञ्ज
  • २०८० चैत्र १३, मंगलबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • भिमाद नगरपालिका वडा नं ५ स्थित मिछुर्लुङ्ग विकास समिति द्वारा नववर्ष २०८१ को अवसरमा  खुल्ला मौलिक कौराहा प्रतियोगिता आयोजना गरिने भएको छ ।

    आज भिमाद नगरपालिका वडा नं ५ मिछुर्लुङ्गको मगर लाफा भिलेज रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराइएको हो । मगर समुदायको लोकप्रिय मौलिक नाँच कौराहाको संरक्षण सम्वर्द्धन , मिछुर्लुङ्ग सामुदायिक होमस्टेको प्रर्बद्धन , पर्यटन गतिविधिबाट स्थानीयको

    आयआर्जनमा अभिवृद्धि गर्ने उद्देश्य लिई प्रतियोगिताको आयोजना गरिएको मिछुर्लुङ्ग विकास समितिका अध्यक्ष नरेन्द्र थापाले बताएका छन् । प्रतियोगितामा प्रथम , द्वितिय तृतिय र सान्त्वना हुने समुहले क्रमश ७५ हजार , ५० हजार , २५ हजार र १० हजारको साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएका छन् । 
    प्रतियोगितामा कौराहा प्रतियोगिता साथै लोक गायक राजु परियार , लोक गायिका शिला आले प्रस्तुती, मिछुर्लुङ्ग होमस्टे , भ्युटावर अवलोकन , आँटिछाप झरना , ढुङ्गढुङ्गे पहरा साथै अर्गानिक खाना मुख्य आकर्षणको रूपमा रहने आयोजकले जानकारी दिएका छन् 
    प्रतियोगितामा सहभागीताको लागि रु.३ हजार  तोकिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट