आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

आज गुरु पूर्णिमा मनाइँदै


  • समाचार कुञ्ज
  • २०८१ श्रावण ६, आईतबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ’गु’को अर्थ अन्धकार र ’रु’ भन्नाले प्रकाश बुझिन्छ ।

    ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राध्यापक डा. देवमणि भट्टराईले बताउनुभयो । यस्ता गुरुलाई शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमासमेत मानेको छ ।

    विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ :
    गुरुब्र्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।     
    गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।

    गुरु पूर्णिमाका अवसरमा आजको दिन विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।
     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट