आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

साउन महिनाको दोस्रो सोमबार, शिवालयमा घुइँचो


  • समाचार कुञ्ज
  • २०८१ श्रावण १४, सोमबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • काठमाडौँ । आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथका साथै देशभरका शिव मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

    साउन महिनाका प्रत्येक सोमबार व्रत बसेर शिव मन्दिरमा दूध र जल चढाइ पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ ।

    यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका छन् । हरेक सोमबार रातो, हरियो र पहेंलो वस्त्र लगाएर भक्तजन भगवान शिवको आराधना गर्दछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट