आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

रक्षाबन्धन गर्न सर्वसाधारणले साइत हेरिरहनु नपर्ने


  • समाचार कुञ्ज
  • २०८१ भाद्र १, शनिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन गर्नसक्ने प्रतिक्रिया दिएको छ। शासन सत्तामा रहेकाहरूलाई भने दिउँसो साढे १ बजेपछि मात्र रक्षाबन्धन गर्न समितिले सुझाव दिएको छ।

    समितिले शुक्रबार विज्ञप्ति निकालेर भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको र त्यसदिन दिउँसो १: ३१ बजेसम्म भद्रा परेको जनाएको छ। यो वर्ष भद्रा परेकाले रक्षाबन्धन गर्न नहुने चर्चाबीच समितिले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिएको हो।

    भद्रामा श्रावणीसम्बधी कर्म गरेमा शासन सत्तामा रहेकालाई नकारात्मक असर पर्ने ज्योतिषशास्त्रमा उल्लेख भएको समितिका  कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए। त्यसैले शासनसत्तामा रहेकाका लागि १: ३१ बजेपछिको समय सुझाएको उनले बताए। सर्वसाधारणलाई भने असर नगर्ने भएकाले बिहानैदेखि रक्षाबन्धन गर्न सकिने उनले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट