आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

संरक्षणको पर्खाइमा लमजुङको कोलबोटे ऐतिहासिक क्षेत्र 


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ३२, बुधबार मा प्रकाशित ७ महिना अघि
  • ८ पाठक संख्या
  • निराज रानाभाट, लमजुङ । गण्डकी प्रदेशमा पर्ने लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका -९, बाङ्ग्रेमा ऐतिहासिक र पुरातात्विक महत्वका स्थानहरू त धेरै छन् , तर अहिले यहाँ चर्चा गर्न लागिएको यहीँ गाउँकोबीच भागमा रहेको वि.सं. १९७५ साल ताका स्थानीय स्रोत शक्तिबाट निर्माण गरिएको कोलबोटे ऐतिहासिक ठाँटीको हो । त्यो बेला यो ठाँटी विकासको एउटा मोडल र केन्द्र विन्दु नै थियो । यस ठाँटीमा बसेर गुरुकुल शिक्षा दिइन्थ्यो । गाउँमा भैपरि आउने न्याय निसाफका कुरा, रितिथिति बचाउने चलाउने कुरा, विकास निर्माण सुधारका कुरा यहीँ ठाँटीमा बसेर छिनोफानो गरिन्थ्यो । फिरन्ते, जोगी सन्त महन्तहरुले बेलाबखत आस्रय लिने ठाउँ पनि यहीँ थियो । राज्यका कर्मचारीहरुले धुरी कर, मालपोतलगायतका कर राजस्व उठाउने ठाउँ पनि यहीँ थियो ।                                                                                     

    यसैको परीधिमा आँपको ठूलो बगैंचा, पँधेरो, पोखरी, कान्जिहाउस, धर्म भकारी, इत्यादि संरचनाहरु थिए । ति मध्ये कति विनास भए भने कति अझै अस्तित्वमा रहेका छन् । अहिले पनि यस क्षेत्रमा भगवान् शिवलगायत १ दर्जन देवी देवताका मन्दिरहरू विध्यमान छन् । यस ऐतिहासिक ठाउँको नाम कोलबोटे कसरी रह्यो भन्ने जिज्ञासामा यहाँ सयौं वर्ष पहिलेका मानिसहरूले प्रयोग गर्दै आएको तोरी पेल्ने ढुङ्गे कोलको अवशेष पनि भेटिएको छ । 

    विभिन्न देवीदेवताको मन्दिर रहेको कारण भजन कीर्तन धार्मिक प्रवचन प्राय भइरहने हुँदा एक शौचालयको अभाव खट्किएको छ र जो ठाँटी भनिएको छ त्यसको तलाको उचाइ पहिले ६ फिट जति रहेकोमा कालान्तरमा साल काठका ति पिल्लरहरु घामपानी माटोले खियाएको कारणपछि त्यसलाई काटछाँट गरी होचो बनाइएको रहेछ र अहिले त्यो पनि खिएको – थोत्रिएको कारण घामपानी हावाहुरीमा ओतलाग्न लायक देखिदैन तसर्थ उल्लेखित स्थलको जगेर्ना गर्दै उक्त स्थानमा सुधारिएको ठाँटी वा विकल्पमा अहिलेको आवश्यकता अनुसारको एक टस भवन / टहरो निर्माणको लागि मध्यनेपाल नगरपालिकामा यसको आवश्यकता अनुभूत गराउन यहाँका स्थानीय बासीहरुले माग राखेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट