आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नवलपुरमा गाइजात्रामा सार्वजनिक विदा गर्न माग


  • समाचार कुञ्ज
  • २०८२ श्रावण १९, सोमबार मा प्रकाशित ६ महिना अघि
  • ६ पाठक संख्या
  • नवलपुर । नेवाः देय् दबू नवलपुरले नेवारहरुका सांस्कृतिक तथा मौलिक पर्व गाइजात्राको दिन नवलपुरमा सार्वजनिक विदा दिन माग गरेको छ ।
    नेवाः देय् दबू नवलपुरको आज कावासोतीमा बसेको जिल्ला समितिको वैठकले यस्तो माग गरेको नेवाः देय् दबू नवलपुरका जिल्ला सचिव रामकुमार श्रेष्ठले जानकारी दिए । 
    यस बर्षको गाइजात्रा पर्व साउन २५ गते आइतबारका दिन परेको छ । यो पर्वका दिन बागमति प्रदेश सरकारले प्रदेशभरी सार्वजनिक विदा दिने गरेको छ भने देशका केही पालिकाहरुले पनि सार्वजनिक विदा दिने गर्दछन् । 
    यसका लागि प्रत्येक पालिकामा डेलिकेशन जाने निर्णय गरिएको नेवाः देय् दबू नवलपुरका जिल्ला अध्यक्ष मित्रलाल श्रेष्ठले जानकारी दिए । 
    त्यसैगरी नेवाः समुदायको लाखे नाँच, रोपाई जात्रा, कृष्ण जात्रा, घोडे जात्रा, गाइजात्रा जस्ता पर्वहरु आइरहेकोले उक्त पर्वहरु सक्रिय रुपमा मनाउने निर्णय समेत गरेको छ । 
    त्यसैगरी वैठकले साउन २४ गते परेको विश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघसँग सहकार्य गरेर सक्रिय सहभागिताका साथ मनाउने निर्णय गरेको छ । 
    वैठक नेवाः देय् दबू गण्डकी प्रदेशका वरिष्ठ प्रदेश उपाध्यक्ष भुवराज श्रेष्ठको विशेष आतिथ्यतामा भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट