आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङमा कालीगण्डकी डाइभर्सन बारेमा बक्तृत्वकला प्रतियोगिता हुने 


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २१, बुधबार मा प्रकाशित ६ महिना अघि
  • ६ पाठक संख्या
  • साउन , २१ 
    पछिल्लो समय चर्चामा रहेको कालिगण्डकी वहान परिर्वतन डाइभर्सन विषयमा घिरिङ गाउँपालिकामा बक्तृत्वकला प्रतियोगिता हुने भएको छ । घिरिङ गाउँपालिकाको आयोजनामा यहि साउन २७ गते कालीगण्डकी नदिको बहान परिवर्तन सहि या गलत भन्ने विषयमा बक्तृत्वकला प्रतियोगिता हुने भएको हो । 

    घिरिङ गाउँपालिका वडा नम्बर – १ पुट्टारको महामृत्यन्जयधाम मा हुने उक्त प्रतियोगितामा कक्षा ११ र १२ सो भन्दा माथिल्लो कक्षामा अध्ययन गर्न विद्यार्थीहरू सहभागी हुन पाउनेछ । 

    उक्त प्रतियोगितामा प्रथम हुनेले १५ हजार प्रमाणपत्र , द्वितीय हुनेले १२ हजार प्रमाणपत्र , तृतीय हुनेले १० हजार प्रमाणपत्र ,सान्त्वना हुनेले ८ हजार प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट