
समाचार कुञ्ज । भदौ ३
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा घिरिङ गाउँपालिकाको आयोजनामा खुल्ला तीज गीत प्रतियोगिता मंगलबार गाउँपालिका प्राङ्गणमा सम्पन्न भयो । सो प्रतियोगिताको गन्डकी प्रदेशकी भुमी व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले उद्घाटन गरेकी थिइन् ।
सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले तीज गीतको माध्यमबाट महिलाहरुले आफ्ना पिडा तथा बेदना व्यक्त गर्ने त्यसैको माध्यमबाट संघर्षमा पनि होमिएको बताईन् । राजनीतिक आन्दोनलको उपलब्धी स्वरुप अहिले महिलाहरुले राजनीतिक अधिकार प्राप्त गरेको भन्दै उनले ति अधिकारको संरक्षण गरि थप अधिकार प्राप्तीको लागि अझ लड्नु पर्ने बताइन् ।
Q
गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, पुर्व घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा , पुर्व उपाध्यक्ष सरास्वती सिग्देल , वडा अध्यक्षहरू , कार्यपालिका सदस्यहरू , वडा सदस्यहरू , विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सहभागिता रहेका थिए ।
१७ टिमको सहभागिता रहेको सो प्रतियोगितामा सुनपानी आमा समुह प्रथम, अत्रौली आमा समुह द्वित्तिय, परोपकार आमा समुह तृतिय तथा गौतम बुद्ध आमा समुहले सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।उक्त प्रतियोगिताको निर्णायक मण्डलमा घिरिङ गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सुवेदी सामाना नेपाली रहेका थिए। गाउँपालिका प्राबिधिक सहायक पुष्पा थापाले कार्यक्रम संचालन गरेकी थिइन् भने स्वगत मन्तब्यकार्यपालिका सदस्य पार्बती बिकले गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस