आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

डिजे तेन्जिङले जलवायु परिवर्तन विरुद्ध जनचेतना फैलाउन सगरमाथा आरोहण गर्ने


  • समाचार कुञ्ज
  • २०८० चैत्र १८, आईतबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • काठमाडौँ: नेपालका पहिलो मध्येका एक डिजे तेन्जिङ शेर्पाले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेष्ट एक्सपिडिसन २०२४’ घोषणा गरेका छन् । तेन्जिङले अबको एक महिनाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने लक्ष्य राखेका छन् ।

    “अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि  यसले पर्यटन प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको असरबारे चेतना जगाउन पनि खोजेको छ,” तेन्जिङ भन्छन्।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले तेन्जिङले यस अभियानमार्फत जनचेतना जगाउन गरेको प्रयासको प्रशंसा गरेका छन् । मन्त्री तामाङले तेन्जिङलाई नेपालको राष्ट्रिय झण्डा दिएर उनको प्रयासमा सरकारको समर्थन जनाएका छन् । “म खुसी छु कि सरकारले मेरो अभियानको क्रममा आवश्यक सहयोग प्रदान गर्ने वाचा गरेको छ,” तेन्जिङले भने।

    सोलुखुम्बुका बासिन्दा तेन्जिङले विगत १२ वर्षदेखि सोलुखुम्बु क्षेत्रमा विशेषगरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २९ मे १९५३ मा ऐतिहासिक सगरमाथा आरोहणको सम्झनामा सांगीतिक कार्यक्रम आयोजना गर्दै आएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट