आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

भारतको केरला वायनाडमा पहिरोमा परि ४१ जनाको मृत्यु, ५२ घर ध्वस्त,४०० जना बेपत्ता


  • समाचार कुञ्ज
  • २०८१ श्रावण १५, मंगलबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • एजेन्सी । भारतको केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ वटा ठाउँमा पहिरो खसेको छ । यसबाट ४ वटा गाउँ डुबानमा परेका छन् ।

    घर, पुल, सडक र सवारीसाधन पनि बगेका छन् । अहिलेसम्म ४१ जनाको मृत्यु भइसकेको छ । ७० अस्पतालमा उपचाररत छन् भने ४०० भन्दा बढी बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटना गएराति २ बजेको हो । उद्धारका लागि एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा छन् । कन्नूरबाट २२५ सेनाका जवानहरूलाई वायनाड पठाइएको छ । यसमा मेडिकल टिम पनि सामेल छ । यसका साथै वायुसेनाका दुई हेलिकप्टर पनि उद्धार कार्यमा जुटेका छन् । 

    वायनाडका ४ वटा गाउँ मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुझामा पहिरो गएको छ । पाँच वर्षअघि २०१९ मा सोही गाउँमा पहिरोमा परेर १७ जनाको ज्यान गएको थियो । ५ जना अहिलेसम्म फेला परेका छैनन् । ५२ घर ध्वस्त भएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट