आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

तनहुँ बस दुर्घटना : तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने


  • समाचार कुञ्ज
  • २०८१ भाद्र ८, शनिबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • नेपालमा बस दुर्घटनामा मृत्यु भएका महाराष्ट्रका तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने भएको छ । शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो । 

    पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।

    सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए । 

    यो बस पोखराबाट काठमाडौँ जाँदै थियो । राजधानी काठमाडौँबाट ११८ किलोमिटर टाढा नेपालको तनहुँ जिल्लामा यो दुर्घटना भएको थियो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

    साभारःरातोपाटीबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट