
समाचार कुञ्ज निराज रानाभाट, काठमाडौं । सुरेन्द्र बसेलको निर्देशनमा बनेको ‘ सानु तिमिलाई ’ गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायक भुवन थापा मगरको आवाज रहेको छ । उक्त गीतमा डि पि खनाल र शंकर थापा ( स्माइल ) को शब्द तथा संगीत रहेको छ । उक्त गीतको भिडियोमा न्यु सागर लामा, बबिता पोख्रेल र आशिष भुजेलको अभिनय रहेको छ ।
विगत लामो समयदेखि कलाकारितामा सक्रिय भूमिका निभाउँदै नव प्रतिभामा न्यु सागार लामा आशा लाग्दो कलाकार हुन । नृत्यदेखि कलाकरितामा आउदा निकै संघर्ष रहेको लामाले बताए ।
त्यस्तै, उक्त गीतको भिडियोमा सुबिन गोदारको छायांकन र राकेश दाहालको सम्पादन / कलर रहेको छ । गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन, भने रेकर्डिस्टमा कुमार के.सी. रहेका छन । उक्त गीतको मिक्स / मास्टरिङमा अशोक महर्जन रहेका छन । भिडियोमा श्रृङ्गार पूर्व लामाले गरेका छन, भने कोरियोग्राफीमा रोहित बसेल रहेका छन । भिडियोमा मिडिया सपोटको रुपमा जन अपडेट रहेको छ ।
https://youtu.be/W9aF38xgXHI?si=53J_47FTqIac53Uj TqIac53Uj

प्रतिक्रिया दिनुहोस