आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

Valentine’s Day : कविता


  • समाचार कुञ्ज
  • २०८० फागुन २, बुधबार मा प्रकाशित २ साल अघि
  • ६ पाठक संख्या
  • हातमा गुलाबको फूल लिदै
    मायावी रङ्गहरू देखाउन आतुर
    लाग्छ माया गर्नेहरू
    समयसँग मायाको भिख मागिरहेछन फूल देखाएर
    फेवु्रअरी १४ भन्दै
    सायद मन यति कठोर भयो
    सायद मन भित्रको मायावी मन हरायो
    सायद मन भित्रको सुन्दरता हरायो
    मन भित्रको आकर्षण हरायो
    र त कोमल फूलको सहारा लिदै
    माया पोख्न खोज्दै छन
    माया देखाउन खोज्दैछन
    कुनै तिथि र मितिको सहारा लिएर
    देखाउन आतुर छ माया
    कठै  यी मान्छेहरू
    कठै  यी मान्छेहरू ।

    समय र फूलसँग माया प्रस्तुत गर्न खोज्दै छन
    यीनीहरूलाई के थाहा चुडिएको रातो गुलाब
    केही समयमा ओईलिएर जान्छ
    कठै यी मानीसहरूलाई के थाहा
    यो समय र तिथि मितिहरू रोकिदैनन
    सधैं १४ फेबु्रअरीको रुपमा
    अवसर खोजेर माया गर्नेहरूको लागि भनेर ।

    यो एक हप्ते प्रेम
    सरकारले साता ब्यापि मनाउने शहिद दिवश जस्तै
    मात्र औपचारीकमा सीमित
    अन्य समय
    कुनै चोक र चौराहामा
    ठिङ्ग उभिएको विचार शहिद जस्तै
    न उसलाई सम्झने
    न शहिदका सपना साकार पार्न
    लाग्ने यो सरकार जस्तै ।

    यस्तै गरी सकिने छ
    यो गुलाब सगं
    तिथि र मितिसँग
    साटिएको माया
    अनि यो एक हप्ते प्रेम
    कालान्तरमा
    हराउनेछ मनको माया
    मन भौतारीनेछ
    मनबाट माया हराएर
    मन पतझड बन्नेछ
    मन खण्डहर बन्ने छ

    अन्ततह
    कठै यी गुलाब बोकेर माया खोज्नेहरू
    माया भेटदैनन आफै भित्र
    अनि फेरि अर्को
    फेबु्रअरी १४ कुर्नेछन
    कठै यी मान्छेहरू
    कठै यी तिथि मिति र तारिखमा माया खोज्नेहरू
    यीनिहरूलाई के थाहा
    माया समयसँग होइन
    माया मनले मनसँग खोज्नु पर्छ
    माया मनले मनसँग गर्नु पर्छ भनेर
    जो जन्म जन्म रहिरहनेछ
    यी घाम जुन जस्तै
    रहिरहने छन
    सदा सदा अमर बनेर
    यी घाम जुन जस्तै
    रहिरहने छन
    सदा सदा अमर बनेर ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट