
समाचार कुञ्ज पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन। यसैक्रममा अर्जुन सापकोटाको “बस्यौ अलक्कै” बोलको गीत सार्वजनिक भएको छ। गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन। केही समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन्।
सन्तोष सापकोटाको शब्द अर्जुन सापकोटाको संगीत रहेको “बस्यौ अलक्कै” बोलको गीतको यती बेला व्यापक चर्चा छ। गीतमा सुमधुर आवाजको धनि अर्जुन सापकोटा र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ भने अर्जुन सापकोटा, गरिमा शर्मा बिराज बास्कोटा, बादल घिमिरे र आकाश नेपाली फिचरमा छन्। बिशाल घिमिरेको स्टोरी/निर्देशन बुद्ध थापाको छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ।
अर्जुन सापकोटाको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियो हेर्नुस्।

प्रतिक्रिया दिनुहोस