आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

तनहुँ पुलिमोराङ्गका नरदेव गुरुङ्गको “परी जस्तै” गीत सार्वजनिक


  • समाचार कुञ्ज
  • २०८१ आश्विन १९, शनिबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • पुलिमोराङ्ग तनहुँ । नेपालको गण्डकी क्षेत्रतिर निकै प्रचलित मौलिक गाउँ घरतिर गाइने,बजाइने र नाचिने भाका “परी जस्तै” नामक लोक कौराह चुट्का गीत शुक्रबार बजारमा सार्वजनिक भएको छ ।

    तनहुँ जिल्लाको ब्यास नगरपालिका वडा नं  ८ पुलिमोराङ्ग गाउँ घरभई लामो समय भारतीय सेनाको जागिर बाट अवकाश प्राप्त भुतपुर्व भारतिय सैनिक नरदेब गुरुङ्गले कौराह चुट्का गीत बजारमा ल्याएका हुन् ।

     

    जागिरको सिलसिलामा लामो समय भारतीय सेनामा बिताएका गुरुङले आफ्नो गाउँ ठाउमा साथी संगी, पल्ट्ने जिवन र छुट्टिमा गाउँ घरमा आउदा जादा रमाइलो गरेको बिगतको समयलाई स्मरण गर्दै शब्द,दृश्यांकन र छायांकनमा उताकेका हुन् ।

    संस्कृतिको संरक्षण कौराह चुट्का गीतको पुनर्ताजगी गराउदै उक्त गीतमा लोकप्रिय गायिका मेलिना राई र नरदेव गुरुङको आवाज रहेको छ ।

    यो गीत ND Tamu( एन्डी तमु) युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
    पल्टनको लाहुरे छुट्टिमा आएको र गाउँघरमा रमाइलो गरेको गीतमा शब्द सङीत मिन गुरुङको गरेको छ ।

    छायांकन बिजय लामा,निर्देशन साथै कोरियोग्राफि दिप गुरुङ,शृगार इना गुरुङ्ग र मोडेलमा डोना थापा,चाहाना मगर,लक्ष्मी गुरुङ र नरदेब गुरुङको रहेको छ ।

    हरेक परिस्थिति र बाध्यताले नेपालीहरु परदेशिएको हुन्छ । परको देशमा रगत र पसिना बगाउदै गर्दा केही दिनको छुट्टीमा आएको लाहुरेले परी जस्तै मुहार हसिलो भएकी नानीलाई खबर सोधपुछ गर्दै र ठट्टा गर्दै रमाईलो गर्दै गाउँघरको याद दिलाउने कोशिशमा गाईएको “परी जस्तै” नामको गीत बजारमा ल्याएको गाएक एवम् मोडल नरदेब गुरुङले बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट