आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

गण्डकी प्रदेश महोत्सवमा आज बद्रि पंगेनीको बेजोड प्रस्तुती रहने


  • समाचार कुञ्ज
  • २०८१ मंसिर ६, बिहिबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • आजको कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीसहित रुपा घर्ती मगर, बेली डान्सर बन्दना विश्वकर्मा, दीपक गरौजालगायतका कलाकारहरु प्रस्तुती रहने महोत्सव सांस्कृतिक कार्यक्रम सहसंयाजक किशोर लम्सालले जानकारी दिनुभयो ।

    बुधबार महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित गायिका ज्योति मगरले प्रस्तुती राखेकी थिइन्। मगरसँगै कार्यक्रममा सञ्जना श्रेष्ठ, गणेश विश्वकर्मासहित स्थानीय कलाकारहरुको उपस्थिति रहेको थियो।

    नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सव २०८१ मङ्सिर १५ गतेसम्म सञ्चालन हुने भएको छ ।

    महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले महोत्सव पाँच दिन थप गरिएको जानकारी दिनुभयो ।nawalpuronline bat

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट