आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

‘कुरा बुझ्देउ न’ गीतबाट संजयलाई नव गायकको अवार्ड


  • समाचार कुञ्ज
  • २०८१ फागुन ४, आईतबार मा प्रकाशित १ साल अघि
  • १० पाठक संख्या
  • कावासोती । नवलपुरका उदियमान गायक तथा कार्यक्रम प्रस्तोता सञ्जय देवकोटाले म्युजिक अवार्ड जित्न सफल भएका छ्न ।देवकोटाले आफ्नो पहिलो गीत “कुरा बुझ्देउ न” बाट चौथो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड” मार्फत् नव गायकको अवार्ड जितेका हुन । विशाल मुभिज प्रा.लिको आयोजनामा चलचित्र बिकास बोर्डको सभाहल चावहिलमा सम्पन्न अवार्ड कार्यक्रममा लोक गायक प्रेम राजा महतले गायक देवकोटालाई अवार्ड हस्तान्तरण गरेका हुन ।गायक सञ्जय देवकोटाको गीत “कुरा बुझ्देउ न” मा गायिक एलिना चौहानले स्वरमा साथ दिएकी छिन् । कुरा बुझ्देउ न गीतलाई श्रीधर अधिकारीले शब्द संगीत भरेका छन् । गीतलाई सञ्जय विश्वकर्माले निर्देशन गरेका हुन् ।

    गायक सञ्जय देवकोटा, मोडल प्रिन्सिका श्रेष्ठ सहित गायक तथा मोडल दुर्गेश थापा र सञ्चिता बोलखे लुइँटेलको अभिनय रहेको गीतको छायाँकन सुरेश काफ्ले र आरडि दुलालले गरेका हुन। गीतलाई डिटिएम मिडियाको युट्युब च्यानलमार्फत् बजारमा ल्याइएको थियो ।

    गीतको छायाँकन चितवनको नारायणी किनार, सिजि ल्यान्डमार्क र भतेरी पिकनिक पार्क लगायतको पर्यटकीय क्षेत्रमा गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट