आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सबिन कुमार तोलाङ्गीको निर्देशनमा ‘ राधा कृष्ण ’ गीतको भिडियो सार्वजनिक ( भिडियो सहित )


  • समाचार कुञ्ज
  • २०८१ चैत्र ९, शनिबार मा प्रकाशित ११ महिना अघि
  • ७ पाठक संख्या
  • काठमाडौं । सबिन कुमार तोलाङ्गीको निर्देशनमा तयार पारिएको ‘ राधा कृष्ण ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा हिमाल सागर र वेनिशा पौडेलको आवाज रहेको छ । यस्तै, उक्त गीतमा सन्तोष दाहालको शब्द रहेको छ, भने विशाल निरौलाको संगीत / एरेन्ज तथा मिक्सिङ रहेको छ । उक्त गीतको भिडियोमा पबित्रा शांकी ( मिस पबि ) र रेशम गुरुङको अभिनय देख्न सकिन्छ । त्यस्तै, उक्त म्युजिक भिडियोमा राजन रेग्मीले छायांकन गरेका छन् , भने म्युजिक भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन् ।

    यसैगरी, उक्त गीतमा शोभा श्रेष्ठ र माधव गहजराज निर्माताको रुपमा छन् , भने मिडिया संयोजकमा पत्रकार निराज रानाभाट रहेका छन् । उक्त गीतको रेकर्डिस्टमा राजन राई रहेका छन् , भने सन्तोशी आचार्य श्रीङ्गारमा रहेकी छिन् । त्यसैगरी, उक्त म्युजिक भिडियोको मिडिया पार्टनरमा जन अपडेट डटकम, नारायणी प्रेस साझा अनाइन टिभी, भिजन न्युज नेपाललगायत अन्य विभिन्न अनलाइन मिडिया रहेका छन् । उक्त गीतको म्युजिक भिडियो साझा अनाइन टिभी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । 
    https://youtu.be/UCDso_B0NfQ?si=ZkBdHhNZOpeGrOM_

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट