आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा


  • समाचार कुञ्ज
  • २०८२ बैशाख १९, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • ७ पाठक संख्या
  • काठमाडौं । प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलता जस्ता विषयमा केन्द्रित यो चलचित्रले अभिभावक, शिक्षक र नीतिनिर्मातालाई पनि सोच्न बाध्य बनाउने अपेक्षा गरिएको छ । चलचित्रमा सुनिल पोख्रेल, वर्षा शिवाकोटी, विशाल पोखरेल, आयुषि ढकाल, जेभिन तथा जेनिष श्रेष्ठ, भोला सापकोटा, जान्वी बस्नेतलगायतको अभिनय देख्न सकिन्छ । विशेषगरी आयुषि ढकालले निर्वाह गरेको बाल पात्रको भूमिकालाई दर्शकहरुले अत्यन्त मन पराउने निर्माण पक्ष जनाएको छ ।

    मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्देशन यादवकुमार भट्टराईले गरेका हुन् । कथा तथा पटकथा भट्टराईले अरुण देव जोशी र देव ब्रतसँग सहकार्यमा तयार पारेका हुन् । निर्माण टिममा कार्यकारी निर्माता उमेश पौडेल रहेका छन्, भने निर्माताको रुपमा सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । चलचित्रको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलरिष्ट श्याम कुँवर र उत्तम न्यौपानेले गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट