
समाचार कुञ्ज काठमाडौं, साउन ७ – चर्चित गायिका रचना रिमाललेनयाँ तीज गीत ‘बामरी बसायो’ सार्वजनिक गरेकी छन्।एलिना चौहान र इन्द्रकलाराईसँगको सहकार्यमाल्याइएको यस गीतमा तीजको उमंग, माइती सम्झना ररमाइलो शैलीमा प्रस्तुत गरिएको भावना समेटिएको छ।
रचना रिमालकै प्रस्तुति रहेको गीतमा यी तीनगायिकाहरूको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा दीपकशर्माले शब्द तथा संगीत रचनागरेका छन् भने नरेन्द्रबियोगीले संगीत संयोजन गरेका हुन्।
गीतको भिडीयो पनि उत्तिकै आकर्षक बनेको छ। रचना, एलिना, इन्द्रकलासँगै अनुपा बिष्टको अभिनय र नृत्यरहेको भिडियोमा सुरेन्द्रबसेलले कोरियोग्राफी गरेकाछन्। भिडियो निर्देशन गम्भीर विष्टले गरेका हुन्।
नवराज उप्रेतीले छायांकन र मिलन विश्वकर्माले सम्पादनगरेका भिडीयोमा माइती घरको सम्झना, नाचगानकोउमंग र महिला पर्वतीजको मौलिक स्वाद भेट्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस